सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यो व्यक्तिहरू र समुदायलाई साझा सहभागी बनाउने एउटा माध्यम पनि हो। यसको उपयोग सामाजिक सम्बन्ध वाहेक उपयोगकर्ता सामग्रीलाई संशोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोबाइल र वेब आधारित प्रविधिको प्रयोगको रूपमा समेत हेर्न सकिन्छ। सामाजिक सञ्जालको धेरै रुप छन् जसमा इन्टरनेट फोरम, वेबलग, सामाजिक ब्लग, माइक्रोब्लगिङ, विकी, सामाजिक सञ्जाल, पोडकास्ट, तस्वीर, भिडियो, चलचित्र आदि सबै आउने गरेको छ। आफ्नो सेवाहरू अनुसार सामाजिक सञ्जालको लागि धेरै सञ्चार प्रविधिहरू उपलब्ध छ।उदाहरणको लागि,फेसबुक– विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल वेबसाइट, सहयोगी परियोजना (उदाहरणको लागि, विकिपिडिया), ब्लग र माइक्रोब्लग (उदाहरणको लागि, ट्विटर), सामाजिक खबर सञ्जाल वेबसाइट (उदाहरणको लागि, डिग र लेकरनेट), सामग्री समुदाय (उदाहरणको लागि, युट्युब र डेलिमोसन), सामाजिक सञ्जाल वेबसाइट (उदाहरणको लागि, फेसबुक), आभासी खेल संसार (उदाहरको लागि, वर्ल्ड अफ वारक्राफ्ट), आभासी सामाजिक संसार (जस्तै सेकेन्ड लाइफ)।
आजको युग आधुनिक युग हो | सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले विश्व एउटा सानो ग्लोबल भिलेजका रूपमा रूपान्तरण हुँदै गएको छ । सूचना प्रविधिमा भएको तीव्र विकाससँगै सामाजिक सम्बन्ध र अन्तरक्रिया, सार्वजनिक सेवा एवं सूचना प्रवाहमा आमूल परिवर्तन भएको पाइन्छ। सूचना प्रविधिको समुचित प्रयोगले देशको शिक्षा, स्वास्थ्य, सञ्चार, प्रशासनिक, आर्थिक, प्राविधिक, सांस्कृतिक लगायतका क्षेत्रको विकासमा ठुलो योगदान पुर्याउँदै आएको भएता पनि कतिपय अवस्थामा यस प्रविधिको नकारात्मक प्रयोग मार्फत गम्भीर प्रकृतिका फौजदारी र सङ्गठित अपराधहरू हुने गरेको पाइन्छ। आधुनिक र सम्पन्न भनिएको सहरिया समाजमा अनेक प्रकारका साइबर अपराध डरलाग्दो र गम्भीर समस्याका रूपमा बढ्दै गएका छन् | साइबर क्राइमलाई विश्वमै गम्भीर प्रकृतिको फौजदारी र सामाजिक अपराध मानिन्छ । कम्प्युटरसँग सम्बन्धित र त्यससँग सम्बन्धित उपकरणलाई माध्यम बनाएर कानुनले निषेध गरेका क्रियाकलाप गर्ने कामलाई साइबर क्राइम भनिन्छ । साइबर क्राइम कम्प्युटर, नेटवर्क र सामाजिक सञ्जाल आदिको प्रयोग गरी गरिने आधुनिक फौजदारी र सामाजिक अपराध हो । नेपालमा यसको प्रयोग विभिन्न स्वरूपमा बढ्दो क्रममा रहेको छ । महिला, बालबालिका र विद्यार्थी यसबाट बढी पीडित बन्दै छन्। साइबरसम्बन्धी अपराधमा जान–अन्जानमा महिला तथा बालबालिकाको अत्यधिक प्रयोग हुँदै आएको देखिन्छ। कम्प्युटरका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने र अरूलाई हानि गर्ने गरिएका अनेकौँ घटनासमेत बढ्दै छन् । विदेशबाट विदेशीले र नेपालीले समेत नेपालमा ठगी गर्ने गरेका छन् | नेपालमा साइबर अपराध विभिन्न स्वरूपमा हुँदै आएको छ। प्रायजसो सामाजिक सञ्जालमा हामीले यस्तो लिंक(link) हेर्ने गरेका छौ, प्राय यस्तो लिंक तपाइको सामाजिक सञ्जाललाई ह्याक गर्न अर्थत, ह्याकरले तपाईंको सोसल मिडिया ह्याक गर्नका लागि यस्तो प्रकारको लिंक पठाउँछन् (फिसिङ लिंक) (phishing link) :
उदाहरण:
यी ह्याकरहरूले प्रयोग गर्ने सामान्य फिसिङ तरिकाकहरू हुन्, अन्य धेरै तरिकाकहरू पनि छन् जुनहरू ह्याकरहरूले ह्याक गर्नका लागि प्रयोग गर्छन्। जसलाई सोशल इन्जिनियरिंग ( social engineering ) रूपमा चिनिन्छ। यस प्रकारको लिङ्कमा क्लिक गर्दा मानिसहरू सचेत हुनुपर्छ| त्यसैले सोशल मिडिया प्रयोग गर्दा पहिले, यदि कसैले तपाइँलाई कुनै लिङ्क पठाउनुभयो भने, यो कस्तो प्रकारको लिङ्क हो भनेर प्रमाणित गर्नुहोस्, र यो लिङ्कमा क्लिक गर्नु अघि हजारौं पटक सोच्नुहोस्, अन्यथा तपाईं ह्याक हुन् सक्नु हुन्छ।